२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

स्थानीय तह सवल नभए लोकतन्त्र मजबुत हुँदैन : नेता पोखरेल

स्थानीय तह सवल नभए लोकतन्त्र मजबुत हुँदैन : नेता पोखरेल
अ अ+ अ-

बर्दिवास । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले लोकतन्त्रको सुदृढीकरणका लागि स्थानीय तह सवल र सक्षम हुनपर्ने बताउनुभएको छ । 

आज साँझ महोत्तरीको बर्दिवास नगरपालिका कार्यालय प्रयोजनको प्रशासनिक भवनको शिलान्यास गर्दै महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका पोखरेलले सो कुरा बताउनुभएको हो ।

“लोकतन्त्रको आधारभूत तह भनेकै स्थानीय तह र यस तहका स्थानीय बासिन्दा हुन्”, पूर्वमन्त्रीसमेत रहनुभएका पोखरेलले भन्नुभयो, “त्यसैले स्थानीय तहका बासिन्दा सर्वसाधारणले लोकतन्त्रको साँचो उपभोगको अनुभूति आफ्नै ठाउँबाट गर्न पाउनुपर्छ ।” 

नगरपालिकाको आफ्नै प्रशासनिक भवन निर्माणले आधारभूत तहका जनतासम्म सेवा प्रवाहमा थप सहजता हुने पोखरेलले विश्वास व्यक्त गर्नुभयो । बर्दिवास नगर कार्यपालिकाको कार्यालय भवन बर्दिवास–१४ मा शिलान्यास गर्दै नेता पोखरेलले विकास निर्माणका कार्यमा सबै दल, सबै समाजका अङ्ग एक हुनुपर्ने औँल्याउनुभयो । 

बर्दिवास–१४ मा सार्वजनिक स्वामित्वको ०१–१३–० (एक बिघा १३ कठ्ठा) र दाताहरू रमेश भण्डारी, कुमार भण्डारी, विनोद भण्डारी, गोपीराज पोखरेल, टीकाराज पोखरेल र डाकराज पोखरेलसहितले निःशुल्क उपलब्ध गराउनुभएको दुई कठ्ठासहित जम्मा ०१–१५–०० (एक बिघा १५ कठ्ठा) क्षेत्रफलभित्र कार्यालय भवन निर्माणको काम आज प्रारम्भ भएको हो ।

खुला बोलपत्र प्रक्रियाबाट एएम–पाइनस ओमनीलकण्ठेश्वर जेभी निर्माण कम्पनीले रु नौ करोड ३७ लाख लागतमा निर्माण गर्ने गरी सम्झौता भएपछि शिलान्यास सम्पन्न भएको हो । कार्यालय भवन निर्माण दुई वर्षभित्र सम्पन्न गरिने सम्झौता भएको निर्माण कम्पनीका अध्यक्ष कृष्ण खत्रीले बताउनुभयो । 

कार्यालय भवन निर्धारित समयभित्र निर्माण सम्पन्न भएर सेवा प्रवाह आफ्नै भवनबाट थालिने नगरप्रमुख बिदुरकुमार कार्कीले विश्वास व्यक्त गर्नुभयो ।