२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडी च्याम्पियन सिजन २ को उपाधी ताप्लेजुङका भरतमणिलाई



अ+ अ-

काठमाडौं । हाँस्य रियालिटी शो कमेडी च्याम्पियन सिजन २ को उपाधी ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । दर्शकको भोटको आधारमा  पौडेल बिजयी भएका हुन् । उनले एउटा कार , नगद २५ लाख सहित बिभिन्न पुरस्कार हात पारेका छन् ।   यसै गरी सिक्किमका विक्की अग्रवालल दोश्रो हुनु भएको छ ।

 विक्कीले मोटरसाईकल सहित अन्य उपहार हरु प्राप्त गरेका छन् ।  यसै गरी गोरखाका सन्तोष थापा तेश्रो भएका छन् । थापाले स्कुटर सहित अन्य पुरस्कार हात पारेका छन् । कमेडी च्याम्पियन सिजन २  कान्तिपुर टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।

बिजेता भरतमणि शोमा बिभिन्न उत्कृष्ट प्रस्तुति दिँदै ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका हुन्, भने विक्की र सन्तोष प्रस्तुति र दर्शकको भोटिङले फाइनलसम्मको यात्रा गरेका हुन् । सो को निर्णायकमा बरिष्ठ हास्य कलाकार, सन्तोष पन्त , मनोज गजुरेल , नायीका ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई रहनु भएको थियो ।