२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङका स्थानीय तहको बजेट रु ४७ करोडले बढ्यो



अ+ अ-

– खेमराज गौतम
गलकोट । बागलुङका स्थानीय तहको बजेट रु ४७ करोडले बढेको छ । बागलुङ जिल्लाका १० स्थानीय तहका लागि सङ्घीय सरकारले आगमी वर्षका लागि रु ४७ करोड बजेट बढाएर पढाएको हो ।

चालू आवको तुलनामा आगमी आवका लागि नौ पालिकाको बजेट बढाइएको हो भने भने एक पालिकामा बजेट घटेको छ । जिल्लाको काठेखोला गाउँपालिकाको बाहेक सबै पालिकाको बजेट बढेर आउने भएको हो ।

आगमी आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन गरेको छ । जुन चालू आवको तुलनामा रु ४७ करोड बढी हो । बजेट बढेपछि यहाँका पालिकालेसमेत बजेट बढाएर योजना तथा कार्यक्रम ल्याउने योजनामा जुटेका छन् । सङ्घीय मात्रै हैन प्रदेशको बजेटसमेत चालू वर्षको तुलनामा बढेर आउने देखिन्छ ।

यस्तै स्थानीय तहलेसमेत आन्तरिक आम्दानीलाई बढाउँदै गएका छन् । उनीहरुले करको दायरा बढाउँदै आन्तरिक आम्दानी बढाउँदा बागलुङका पालिकाको बजेट उकालो लाग्ने देखिन्छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेटको बाँडफाँट गर्दा चालू आवको तुलनामा आगामी आवको बजेट बढाइएको हो । चालू आवका लागि सङ्घीय सरकारबाट यहाँका दश स्थानीय तहलाई रु तीन अर्ब ८७ करोड ७५ लाख बजेट प्राप्त भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय सरकारले बागलुङलाई रु तीन अर्ब ५७ करोड ९८ लाख बजेट विनियोजित गरेको थियो । जिल्ला आउने सङ्घीय सरकारको बजेट विस्तारै बढेर आउन थालेको देखिन्छ । बागलुङ नगरको सबैभन्दा बढी रु १० करोड बजेट चालूको तुलनामा बढेर आएको छ ।

स्थानीय तहले सङ्घीय बजेट आइसेपछि प्रदेशको बजेटमा योजना छनोट र प्रदेशले बजेट विनियोजन गरेपछि आफ्नो बजेट निर्माणमा जुट्ने छन् । अहिले पालिकाले वडा तहबाटै टोल भेला गरेर बजेटका लागि योजना तथा कार्यक्रम माग्दै आएका छन् ।

बागलुङका लागि चालु आवको बजेटभन्दा आगामी आवका लागि रु ४७ करोड ६ लाख बजेट बढेर आएको अर्थ मन्त्रालयले जनाएको छ । उक्त नगरलाई आगामी आवका लागि रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको हो । बागलुङमा चालू आवमा सङ्घीय सरकारको बजेट रु ७४ करोड ७२ लाख बजेट प्राप्त भएको थियो । चालू आवको तुलनामा आगामी आवमा बागलुङको बजेट रु १० करोड ५३ लाख बढी बजेट बिनियोजन भएको छ ।

यस्तै गलकोट नगरपालिकालाई आगामी आवका लागि रु ५१ करोड एक लाख बजेट विनियोजन भएको छ । उक्त नगरका लागि चालू आवमा रु ४७ करोड ४८ लाख बजेट विनियोजन भएको थियो । चालू आवको तुलनामा गलकोटको बजेट रु चार करोड ३७ लाख बढेर बजेट बढाइएको हो ।

यस्तै जैमिनी नगरमा आगामी आवका लागि रु ५२ करोड २४ लाख बजेट बिनियोजन भएको छ । उक्त नगरमा चालू आवमा सङ्घीय सरकारबाट रु ४९ करोड ५७ लाख प्राप्त भएको थियो । आगामी आवमा सङ्घीय सरकारबाट यस नगरलाई रु दुई करोड ६७ लाख बजेट बढेको हो ।

त्यस्तै ढोरपाटन नगरमा आगामी आवका लागि रु ३७ करोड एक लाख बजेट विनियोजन भएको छ । चालू आवमा सोही पालिकामा रु ३२ करोड ७० लाख विनियोजन भएको थियो । जुन गत वर्षको तुलनामा रु चार करोड ३१ लाख रकम बढी हो ।

यसैगरि काठेखोला गाउँपालिकालाई आगामी आवका लागि रु ३९ करोड ७६ लाख बजेट विनियोजन भएको छ । उक्त पालिकाको चालू आवमा सङ्घीय सरकारले रु ४१ करोड ५८ बजेट विनियोजन गरेको छ । यस गाउँपालिकामा चालू आवको तुलनामा आगामी आवमा रु एक करोड ८२ लाख बजेट घटेर आएको छ ।

यस्तै बडिगाड गाउँपालिकालाई आगामी वर्षका लागि रु ४८ करोड चार लाख बजेट विनियोजन भएको छ । यसलाई चालू आवमा रु ४४ करोड ६ लाख बजेट बिनियोजन भएको थियो । चालू आवको तुलनामा उक्त गाउँपालिकाको आगामी बजेट रु तीन करोड ८० लाख बजेट बढेको हो ।

यस्तै निसीखोला गाउँपालिकालाई आगामी आवमा रु ३३ करोड १२ लाख बजेट विनियोजन भएको छ । यहाँ चालू आवमा रु २८ करोड ८३ लाख बजेट आएको थियो । चालूको तुलनामा आगामी वर्षको बजेटमा रु चार करोड २९ लाख बढी बजेट प्राप्त भएको छ ।

बरेङ गाउँपालिकालाई आगामी वर्षका लागि रु ३० करोड पाँच लाख बजेट प्राप्त हुने भएको छ । उक्त पालिकाको चालू आवमा रु २५ करोड ९८ लाख बजेट प्राप्त भएको थियो । चालू आवको तुलनामा आगामी बर्ष यस गाउँपालिकाको बजेट रु चार करोड सात लाख बजेट बढ्ने भएको हो ।

यस्तै ताराखोला गाउँपालिकालाई आगामी वर्षका लागि रु २६ करोड ४३ लाख र तमानखोला गाउँपालिकालाई रु २१ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । चालू आवमा ताराखोलालाई रु २४ करोड ९२ लाख र तमानखोलालाई रु १७ करोड ९१ लाख बजेट विनियोजन भएको थियो ।

चालू आवको तुलनामा आगामी आवमा ताराखोलाको र तमानखोला गाउँपालिकाको बजेट बढाएको छ । ताराखोलामा चालू बजेटको तुलनामा रु एक करोड ५१ लाख बजेट बढेको हो भने तमानखोलाको बजेट रु तीन करोड ९९ लाख बढेर आउने भएको छ ।

पालिकाले उक्त बजेटमा प्रदेशले दिएको बजेट थपेर स्थानीय आम्दानीलाई जोडेर बजेट बनाउने छन् ।