११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन सक्दैन : मुख्यमन्त्री पोखरेल



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने बताउनुभएको छ । 
    
संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले संविधान राज्यव्यवस्था सञ्चालन गर्ने साधन मात्र नभई साध्य बन्नसके मात्र संवैैधानिक शासनमार्फत् राजनीतिक स्थिरता कायम हुनसक्ने उल्लेख गर्नुभयो ।
    
सन्देशमा भनिएको छ “राजनीतिक स्थिरताका लागि सरकार, राजनीतिक दल, नागरिक समाजलगायत सबै जनतामा संविधानप्रति अपनत्व र आस्था वृद्धि गराउँदै यसप्रतिको स्वीकार्यतालाई अझ बढाउँदै लैजानुपर्ने आवश्यकता छ । ”
    
सन्देशमा संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने जनाउँदै यसलाई सुशासनको वाहक बनाउन कानूनी शासन र संविधानवादमार्फत् संविधानको व्यावहारिक कार्यान्वयनप्रति सबै प्रतिबद्ध बन्नुपर्ने उल्लेख छ । 

“सम्मानित सर्वोच्च अदालतको फैसलापछि त्यसले आफ्नो मार्ग समातेको छ, आगामी दिनमा यस्ता विवाद सिर्जना नगरी देश र नागरिकलाई केन्द्रमा राख्न राजनीतिक दलले प्रतिबद्धता जनाउन जरुरी छ ।” सन्देशमा भनिएको छ ।