२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध प्रदेश निर्माणका लागि राजनीतिक दल, सङ्घसंस्था तथा जनसमुदायमा आह्वान



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संविधानको मर्म र भावनालाई आत्मसात्  गर्दै मन, वचन र कर्मले प्रदेश नं १ को श्रीवृद्धिका लागि योगदान गर्न प्रदेशवासीलाई आह्वान गर्नुभएको छ ।

संविधानको पूर्ण कार्यान्वयन, प्रदेशको समृद्धि र खुशीको अपेक्षासहित संविधान तथा राष्ट्रिय दिवस, २०७८ का अवसरमा आज जारी शुभकामना सन्देशमा उहाँले लामो समयदेखिको राजनीतिक द्वन्द्व समाप्त गर्दै राष्ट्रिय एकतापूर्ण, शान्त, समुत्रत र समृद्ध नेपाल बनाउनुपर्ने दायित्व नेपालीकै भएको बताउँदै समृद्ध प्रदेश निर्माणका लागि सबै राजनीतिक दल, सङ्घसंस्था तथा जनसमुदायमा आह्वान गर्नुभएको छ । 

प्रदेशलाई सामाजिक, आर्थिक समृद्धिसहितको विकास गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको जनाउँदै उहाँले कोभिड–१९ का कारण देश आक्रान्त भए पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्प हासिल तथा स्वच्छ, सुखी र समुत्रत प्रदेश निर्माण गर्न सरकार सबैसँग हातेमालो गरेर अगाडि बढेको बताउनुभएको छ । (रासस)