३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको अनुरोध



अ+ अ-

इस्लामावाद । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हुदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रही रहन आग्रह गरेको हो । 

हाल इस्लामावादको भ्रमणमा रहनुभएका शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयुक्त फिलियो ग्रान्डीले अफगानिस्तानमा मानवीय सहायताको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो–हामी पनि अफगानिस्तानमा मानवीय सहायताको कामका लागि अहिले संलग्न भइरहेका छौँ र अरु पनि विश्व समुदाय यहाँको अवस्थाको बारेमा जानकार रहने र आवश्यक सहयोगका लागि लाग्नुपर्ने बताउनुभयो । 

हाल अफगानिस्तानको अन्तरिक प्रशासनसँग संलग्न भएर आफूहरुले काम गरेको धारणा उहाँले राख्नुभयो । उहाँले अफगानिस्तानमा अहिले पनि ठूलो संख्याका महिला तथा बालबालिकाका लागि सहायताको खाँचो परेको बताउनुभयो । 

यसका लागि विश्व समुदाय चनाखो नहुने हो भने यहाँको अवस्था झन् बिग्रँदै जाने पनि उहाँले बताउनुभयो । अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो छ, यहाँका नागरिकलाई खाना, औषधि, बास तथा अन्य सबै चिजहरु चाहिएको छ उहाँले भन्नुभयो । उहाँका अनुसार यहाँको आर्थिक अवस्था झन् नाजुक भएको पनि उहाँले बताउनुभयो । यहाँ आर्थिक संकट आइसकेको जानकारी उहाँले दिनुभयो । (रासस-सिन्ह्वा)