२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले खुल्दैछ लाइसेन्सको नयाँ आवेदन ?



अ+ अ-

काठमाडौं । कोभिड–१९ का कारण प्रभावित भएर सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि थुप्रै आवेदनकर्ता पाँच महिनादेखि प्रतिक्षामा बसेका छन् । 

अब असोज दोस्रो सातादेखि नयाँ आवेदन खुलाइने भएको छ। यातायात व्यवस्था विभागले नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएपछि गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा गरिने आवेदन सेवा बन्द गरेको थियो ।

असोज दोस्रो साताबाट नयाँ आवेदन भर्न सकिने विभागले जनाएको छ । 

यद्यपि विभागले बन्द हुनुअघि नै फारम भरिसकेका सेवाग्राहीहरुका लागि गत भदौ २० देखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गरिरहेको छ ।

यस्तै विभागले नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ।