२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले खुल्दैछ लाइसेन्सको नयाँ आवेदन ?



अ+ अ-

काठमाडौं । कोभिड–१९ का कारण प्रभावित भएर सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि थुप्रै आवेदनकर्ता पाँच महिनादेखि प्रतिक्षामा बसेका छन् । 

अब असोज दोस्रो सातादेखि नयाँ आवेदन खुलाइने भएको छ। यातायात व्यवस्था विभागले नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएपछि गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा गरिने आवेदन सेवा बन्द गरेको थियो ।

असोज दोस्रो साताबाट नयाँ आवेदन भर्न सकिने विभागले जनाएको छ । 

यद्यपि विभागले बन्द हुनुअघि नै फारम भरिसकेका सेवाग्राहीहरुका लागि गत भदौ २० देखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गरिरहेको छ ।

यस्तै विभागले नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ।