२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

सम्मानको संयोग, तत्कालीन संवैधानिक ईजलासका सबै न्यायाधीशलाई विभूषण

सम्मानको संयोग, तत्कालीन संवैधानिक ईजलासका सबै न्यायाधीशलाई विभूषण
अ अ+ अ-

 काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती विभूषण र पदकहरु आज घोषणा गर्नु भएको हो । 

सरकारले मरणोपरान्त विभिन्न विशिष्ट व्यक्तिहरुलाई उच्च सम्मान गरेको छ जसमा पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई, स्व. तुलसीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह,  स्व. दुर्गानन्द झा र स्वरसम्राट स्व. नारायण गोपाल गुरुवाचार्य तथा नेता माधव कुमार नेपालका पीता स्व. मंगल प्रसाद उपाध्याय रहनु भएको छ ।

सरकारले प्रधानन्यायाधीश सहित सर्वोच्च अदालतका अन्य चार न्यायाधीशलाई पनि विभुषण प्रदान गर्ने विवादास्पद निर्णय गरेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्ज्वल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण, न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप पदक, न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीलाई प्रसिद्ध प्रवल जनसेवाश्री सम्मान पाउनु भएको छ । 

उहाँहरु पाँचै जना प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा रहनु भएको थियो ।  

हाल नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्र गौरव पदवी प्रदान गरिएको छ भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नि सीता दाहाललाई  प्रवल जनसेवाश्री पदक दिइएको छ । 

प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गर्ने कानून व्यवसायीहरु पनि पिभूषणबाट सम्मानित भएका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी, पदम रोक्का, सुलभ खरेल र समृत खरेललाई पनि सरकारले पदक प्रदान गरेको छ । 

सरकारले सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकीर्तिमय राष्ट्रदीप  तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।