२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

कटानको जोखिममा भिमादः स्थानीयवासी चिन्तित

कटानको जोखिममा भिमादः स्थानीयवासी चिन्तित
अ अ+ अ-

दमौली । तनहुँको भिमाद बजार सेती नदीको कटानले बर्सेनि जोखिममा पर्दै आए पनि बजार जोगाउन कुनै पहल नभएपछि स्थानीयवासी चिन्तित भएका छन् । बर्सेनि कटानमा पर्दै गएको भिमाद बजार संरक्षणका लागि पहल नहुँदा यहाँका स्थानीयवासी चिन्तित भएका हुन् । 

भिमाद नगरपालिका–६ कुमारचोकका प्रकाश कलकलले नदी कटानले बस्ती जोखिममा परेपछि घर छाडेर डेरामा बस्नुपरेको गुनासो गर्नुभयो । वर्षौंदेखि बस्दै आएका घरमा होटल चलाउँदै आएका उहाँले पुख्र्यौली घर छाडेर डेरामा बस्दा मन भारी भएको बताउनुभयो । “नदी कटानले जोखिममा परेपछि लामो समयदेखि बस्दै आएको घर छाडेर डेरा सरे”, उहाँले भन्नुभयो, “बस्ती जोगाउनेतर्फ सम्बन्धित निकायले चासो दिएनन् ।”

घर छाडेर हिँड्न मन नभए पनि परिस्थितिले यस्तो अवस्था आइपरेको उहाँको भनाइ छ । “निष्ठुरी प्रकृतिले विपत्ति निम्त्यायो, नदीको कटानले घरको पछाडिपट्टिको भाग पहिरा खस्यो”, उहाँले भन्नुभयो, “शौचालय पनि भत्कियो ।” केही दिन अगाडि गएको पहिराले शौचालय भत्किएपछि त्यसको भोलिपल्टै उहाँ डेरा सर्नुभएको थियो । “जोखिम मोलेर घरमा बस्न मिल्ने अवस्था भएन, डेरामा बसेर पनि ज्यान त बचाउनैपर्यो”, उहाँले भन्नुभयो । 

बर्सेनि नदीको कटानले जोखिममा परेको ठाउँमा तटबन्धन भइदिएको भए आजको अवस्था नआउने उहाँको भनाइ छ । “पहिला तलबाट उठाएर तटबन्धन हुन्छ भने जस्तो गरिदिएको भए यो अवस्था आउँथेन, समयमै काम भएन”, उहाँले भन्नुभयो । केही दिन अगाडि परेको वर्षाका कारण कुमारचोकको करिब एक दर्जन घर पछाडि पहिरा खसेको छ । ती घरको पछाडि एक इञ्च जमिन बाँकी छैन । अरु तीन दर्जन घरको पनि सेती नदीतिरको डिल खस्दै गएपछि घरभन्दा बाहिर बाँकी जमिन छैन । तै पनि जोखिम मोलेरै दिनभर व्यापार व्यवसाय चलाइरहेका छन् । दिनभर व्यापार व्यवसाय गर्ने र राति बास बस्न भने अन्यत्रै जाने गरेको स्थानीय व्यवसायी माया हिराचनले बताउनुभयो । 

“पहिला घरको पछाडि तरकारी लगाउने ठाउँसमेत थियो । अहिले पहिरा खस्दाखस्दा शौचालय पनि छैन”, उहाँले भन्नुभयो, “दिउँसो चाँही यही व्यवसाय गरिरहेका छौँ, राति सुत्न सक्ने अवस्था छैन ।” दिउँसो पनि कुन बेला पहिरो खस्ने हो केही भर नभएको बताउँदै उहाँले बाध्यताका कारण जोखिम मोलेरै व्यवसाय गर्नुपरेको गुनासो गर्नुभयो । “लामो समयदेखि यही व्यापार गरेर बस्यौँ, अन्यत्र कहाँ जानु,” उहाँले भन्नुभयो, “राति भने छिमेकीको घरमा बास बस्छौँ ।”

विसं २०५२ देखि यस ठाउँमा पहिराको जोखिम छ । भिमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले सेती नदी कटानले अहिले ४१ घर जोखिममा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा घरबाट सेतीको डिलसम्म १५ मिटरको दूरी थियो, तर अहिले एक इञ्च पनि दूरी छैन । “यसरी नै पहिरो खसिरहने हो भने नदीतर्फको मात्रै नभएर कुमार चोकको पूरै बस्ती जोखिममा पर्छ”, उहाँले भन्नुभयो । 

नदी कटान र पहिरो रोक्नलाई बर्सेनि वडा र नगरले बजेट विनियोजन गरिरहेको उहाँले दाबी गर्नुभयो । “सानो बजेट भएकाले उल्लेखनीय काम भने भएको छैन, नगरको बजेटले नपुग्ने, सङ्घ र प्रदेश सरकारले पर्याप्त बजेट नदिँदा प्रगति हुन सकेको छैन”, वडाध्यक्ष जोशीले भन्नुभयो । 

बस्ती जोगाउनलाई नगरपालिकाको बजेटले गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ तयार गरिएको थियो तर काम भने सुरु हुन सकेको छैन । गत वर्ष प्रदेश सरकारले रु एक करोड र सङ्घीय सरकारले रु ३० लाख बजेट विनियोजन गरेको थियो । अहिले प्रदेश सरकारले रु ४० लाख मात्रै बजेट विनियोजन गरेको छ । 

नदी तटबन्धनको काम जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँअन्तर्गत रहेको छ । कार्यालयका अनुसार भिमाद कुमारचोक सेती नदी तटबन्धनका लागि रु १७ करोडमा डीपीआर तयार भएको छ । डीपीआर स्वीकृतका लागि गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय पठाइएको कार्यालयकी प्रमुख दीपा गौतमले जानकारी दिनुभयो । “कार्यालयको समग्र बजेट रु १५÷१६ करोडभन्दा हुँदैन, ठूलो रकमको योजना भएकाले मन्त्रालयमा विचाराधीन छ”, उहाँले भन्नुभयो । 

सङ्घीय रकारले बजेट विनियोजन गरेको खण्डमा तत्काल काम सुरु हुने उहाँले बताउनुभयो । सेती नदी तटबन्धनका लागि सङ्घीय सरकारले रु ३० लाख र प्रदेश सरकारबाट रु ४० लाख बजेट विनियोजन भएको उहाँले बताउनुभयो । कृष्ण न्यौपाने (रासस)