७ आश्विन २०८१, सोमबार
,
Latest
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप कांग्रेसको संसदीय मामिला विभाग सदस्य मनोनीत जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन: साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको… गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो चिरञ्जीवीको नाम गिनिज बुकमा संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा दश महिनामा बलात्कार घटनामा ८६ अभियुक्त पक्राउ



अ+ अ-

विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्राउ परिसकेका छन् । सोही अवधिमा बाल यौन दुराचारका १९ र जबर्जस्ती करणी उद्योगका १३ घटना भएका छन् । बाल यौन दुराचारका १७ र जबर्जस्ती करणी उद्योगका १० अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो ।

बलात्कृत हुनेमा चार वर्षीया बालिकादेखि ६० वर्षीया वृद्धासमेत छन् । पछिल्लो समय बाल यौन दुराचारका घटना बढेका छन् । अधिकांश बलात्कारका घटनामा प्रायः परिवार, नातागोता, शिक्षक र छरछिमेकी अभियुक्त पाइएको पाठकले बताउनुभयो ।

“अधिकांश घटना नजिकका आफन्तबाट भएका देखिन्छन्”, उहाँले भन्नुभयो । यस्ता आपराधिक क्रियाकलापमा पढेलेखेका र समाजमा पहिचान बनाएका व्यक्तिको समेत संलग्नता पाइएको छ । बलात्कारका घटनाका २० अभियुक्त अझै फरार छन् ।