२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानविरुद्ध नेपाललाई करणले दिलाए दोस्रो सफलता



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

टस जितेर पहिले बलिङ रोजेको नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपालका करण केसीले लगातार दोस्रो विकेट लिएका हुन् । उनले ओमानका सुफ्यान मेहमुदको विकेट लिएका हुन् । मेहमुद १६ बलमा ४ रन बनाई पेभिलियन फर्किए । 

यसअघि.जतिन्दर सिंहको विकेट लिँदै करणले नेपाललाई पहिलो विकेट दिलाएका थिए । 

अहिलेको स्थितीमा ओमानले ८.३ ओभरमा २ विकेटको क्षतिमा ३० रन बनाएको छ ।