२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक भोलि फेरि बस्ने गरी स्थगित



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सोमवार फेरि बस्ने गरी स्थगित भएको छ ।

आइतबार ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल भएको एमालेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

एमालेले असोजको १५ देखि १७ सम्म विधान महाधिवेशन बोलाएको छ । एमालेका स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेश हुने विधान संशोधन, राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदनलगायत विषयमा छलफल जारी छ ।