७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा फेला पर्यो दम्पतीको शव



सांकेतिक तस्बिर
अ+ अ-

धनगढी । कैलालीमा एक दम्पतीको शव फेला परेको छ । गोदावरी नगरपालिका–७ का ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीय पद्मा ऐरको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घर नजिकैको रुखमा हेमबहादुर झुन्डिएको र उनकी श्रीमती पद्मा घरभित्रै धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको छ । अहिले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।