२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाध्यताका कारण संसद् विघटन गर्नुपर्यो : अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय बाध्यताको परिणाम भएको बताएका छन् । 

आइतबार बसेको स्थायी कमिटी बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले बाध्यताका कारण संसद् विघटन गर्नुपरेको उल्लेख गरिएको एक स्थायी कमिटी सदस्यले भने । यसअघि पनि ओलीले संसद् विघटन बाध्यता भएको बताउने गरेका थिए ।

२०७७ पुस ५ मा विघटन गरेको संसद् सर्वोच्च अदालतले बदर गरिदिएपछि ओलीले २०७८ जेठ ७  मा पुनः विघटन गरेका थिए । तर दोस्रो पटक पनि पार्टीभित्रै असहयोग हुँदा संसद् विघटन गर्नु बाध्यता बनेको अध्यक्ष ओलीले प्रष्टिकरण दिएका छन् ।

तर दश बुँदे सहमति गरी एमालेमै बसेका नेताहरुले भने संसद् विघटन असंवैधानिक र प्रतिगामी कदम भएको दावी गर्दै आएका छन् ।