२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले पोलिट्ब्यूरो हटाउने, सचिवालय बनाइने



अ+ अ-

काठमाडौं । नेकपा एमालेले पोलिट्ब्यूरो संरचना हटाउने प्रस्ताव गरेको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा पेश गरिएको विधान संशोधन प्रस्तावमा दशौं महाधिवेशनबाट पोलिट्ब्यूरो संरचना नराख्ने उल्लेख गरिएको छ ।

तर यसअघि साविकको नेकपाले नौ सदस्य सचिवालय बनाएको थियो, एमालेमा सात सदस्यीय सचिवालय बनाउने प्रस्ताव गरिएको छ । तर स्थायी कमिटी भने कायम राख्ने प्रस्ताव छ । प्रस्तावअनुसार, ३५ सदस्यीय स्थायी कमिटी बन्नेछ । केन्द्रीय कमिटीको संख्या २२५ सदस्यीय प्रस्ताव गरिएको छ ।

बैठकले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी संख्या पनि हेरफेर गर्ने प्रस्ताव गरिएको छ । यसअघि पाँच उपाध्यक्ष रहेकोमा अव तीन उपाध्यक्ष रहनेछन् । तर सचिवको संख्या भने सात पुर्याउने प्रस्ताव छ ।

यसअघि सचिवको संख्या पाँच थियो । नयाँ प्रस्तावअनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, सात सचिव रहनेछन् ।