२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

खगिन्द्रलाई रु तीन लाख सहयोग



अ+ अ-

गण्डकी । तीन वर्ष अगाडि मुम्बईमा दुवै खुट्टा गुमाएका बाजुराका खगिन्द्र भाटलाई रानाभाट तथा भाट समाज कास्कीद्वारा सङ्कलित रु तीन लाख ३२ हजार ३५० सहयोग गरिएको छ । एक कार्यक्रमका बीच पूर्वसभामुख तारानाथ रानाभाटले रु तीन लाख ३२ हजार ३५० को चेक खगिन्द्रका बुबा मदनबहादुर भाटलाई हस्तान्तरण गर्नुभयो । समाजको आवश्यकता नै दुःखमा पर्दा केही गर्नका लागि भएको उल्लेख गर्दै उहाँले आफ्ना दाजुभाइलाई परेका बखत सबैले आ–आफ्ना तर्फबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा समाजका केन्द्रीय अध्यक्ष बाबुराम रानाभाट, केन्द्रीय सल्लाहकार चिनु रानाभाट,  जिल्ला अध्यक्ष रमेशबहादुर रानाभाट, इतिहासविद् प्रा डा राजाराम सुवेदी, मदनबहादुर भाट, श्रीबहादुर रानाभाटलगायतले अप्ठेरो अवस्थामा गरिने यस्ता सहयोगले पीडित व्यक्ति र उसको परिवारलाई ठूलो राहत पुग्ने धारणा राख्नुभयो ।