१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवरोधबीच विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेकाे अवरोधबीच सरकारले प्रतिनिधिसभाबाट  सोमबार विनियोजन विधेयक पारित गर्ने तयारी  गरेको छ ।

संसद सचिवालयले सोमबारको बैठकमा लागि तयार पारेको कार्यसूची अनुसार विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची तय भएको छ । 

अर्थमन्त्रीको जवाफपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले राख्ने र प्रस्तावउपर दफा दफा पास गरेर विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।

तर सभामुख अग्नि सापकोटाले कार्यसूची तयार गर्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसंग कुनै सल्लाह नगरेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले न्यूजपोलारलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, एमालेको बिरोध कायम कायम रहन्छ, सरकार र सभामुख संसदीय प्रणालीको धज्जी उडाउँदै हुनुहुन्छ ।