१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा ओमान सात विकेटले पराजित, करन र सन्दिपको प्रभावशाली खेल



अ+ अ-

काठमाडौंः
नेपालले ओमानको अल अमिरातमा आज खेलिएको एक दिवसीय क्रिकेटमा ओमानलाई सात विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल विश्वकप क्रिकेट लिग २ मा आठ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ ।

टस जितेर पहिले क्षेत्ररक्षण रोजेको नेपालले ओमानलाई ३७.१ ओभरमा १२१ रनमै अलआउट गरेको थियो । ओमानको इनिङ ध्वस्त बनाउनेक्रममा नेपाली बलरहरु करन केसी र सन्दिप लामिछानेले आठ विकेट लिएका थिए ।

करन केसीले २५ रन खर्चेर माथिल्लो क्रमका चार खेलाडीलाई आउट गरेका थिए । उनले आठ ओभर बलिङ गरेका थिए ।

अर्का बलर सन्दिप लामिछानेले ८.१ ओभर बलिङ गर्दै मध्यक्रमका चार खेलाडीलाई आउट गरेका थिए । उनले २ मेडन राख्दै १८ रन मात्र खर्चिएका थिए ।
शरद भेश्वाकरले ६ ओभर बलिङ गर्दै २ विकेट लिएका थिए ।

जितका लागि १२२ रनको लक्ष पाएको नेपालले ३ विकेट गुमाएर १८.२ ओभरमै उक्त लक्ष पूरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ६, आशिफ शेखले ४०, कप्तान ज्ञानेन्द्र मल्लले ५२, रोहित पौडेलले ६ र शरद भेश्वाकरले १ रन बनाएका थिए ।

करन केसीले प्लेयर अफ द म्याचको पुरस्कार पाए ।