२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

७.३ प्रतिशतमा झर्‍यो संक्रमणदर



अ+ अ-

काठमाडौं । आइतबार नेपालमा कोरोना संक्रमणदर ७.३ प्रतिशतमा झरेको छ। एन्टिजेन र पिसिआर विधिबाट परीक्षण भएका १० हजार १३ वटा नमुनामध्येमा ७ सय ३४ जनामा कोरोना पुष्टि भएको हो। 

यो दर गत शुक्रबार ११ प्रतिशतभन्दा बढी थियो। तीन दिनको अन्तरालमा संक्रमणदर करिब ४ प्रतिशत घटेको हो। कोरोना नियन्त्रणका लागि ४ देखि ५ प्रतिशत संक्रमदर घट्नुपर्ने अनि मात्र कोरोना संक्रमण नियन्त्रणतिर उन्मुख हुने विज्ञहरू बताउँछन्।

थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ७३ हजार ५ सय ३४ पुगेको छ। तीमध्ये २४ हजार ३ सय १३ सक्रिय संक्रमित छन्। २२ हजार ८ सय ६४ जना होम आइसोलेसन र १४ सय ४९ जनाको संस्थागत आइसोलेसनमा उपचाररत छन्। गम्भीर समस्या भएका ३ सय ९० जनाको आइसियुमा उपचार भइरहेको छ। 

आइतबार सार्वजनिक गरिएको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ। तीसहित नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ। सोही अवधिमा काठमाडौं उपत्यकामा २ सय ५५ जनामा कोरोना पुष्टि भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।