२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

७.३ प्रतिशतमा झर्‍यो संक्रमणदर



अ+ अ-

काठमाडौं । आइतबार नेपालमा कोरोना संक्रमणदर ७.३ प्रतिशतमा झरेको छ। एन्टिजेन र पिसिआर विधिबाट परीक्षण भएका १० हजार १३ वटा नमुनामध्येमा ७ सय ३४ जनामा कोरोना पुष्टि भएको हो। 

यो दर गत शुक्रबार ११ प्रतिशतभन्दा बढी थियो। तीन दिनको अन्तरालमा संक्रमणदर करिब ४ प्रतिशत घटेको हो। कोरोना नियन्त्रणका लागि ४ देखि ५ प्रतिशत संक्रमदर घट्नुपर्ने अनि मात्र कोरोना संक्रमण नियन्त्रणतिर उन्मुख हुने विज्ञहरू बताउँछन्।

थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ७३ हजार ५ सय ३४ पुगेको छ। तीमध्ये २४ हजार ३ सय १३ सक्रिय संक्रमित छन्। २२ हजार ८ सय ६४ जना होम आइसोलेसन र १४ सय ४९ जनाको संस्थागत आइसोलेसनमा उपचाररत छन्। गम्भीर समस्या भएका ३ सय ९० जनाको आइसियुमा उपचार भइरहेको छ। 

आइतबार सार्वजनिक गरिएको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ। तीसहित नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ। सोही अवधिमा काठमाडौं उपत्यकामा २ सय ५५ जनामा कोरोना पुष्टि भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।