१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै



अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ ।  बैठक सोमबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने भएको हो । 

बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अन्तिमरुप दिने छ ।

आइतबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत राजनीतिक, सांगठनिक र विधान प्रतिवेदनमाथि छलफल जारी छ । उक्त प्रस्तावमाथि उपमहासचिव तथा तेस्रो धारका नेता घनश्याम भुसालले लिखित प्रस्ताव राखेका छन् । 

माधव नेपालको साथ छोडेर आएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, अमृत बोहोरा र रघुजी पन्तलाई एमालेभित्र तेस्रो धारका नेताका रुपमा लिइन्छ ।