२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय साइवर सूचना केन्द्र स्थापना गरिने



अ+ अ-

काठमाडौं । सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा विद्युतीय सूचना प्रणालीको सुरक्षाका लागि सो केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आज पेस गर्नुभएको आगामी आवको बजेटमा दूरसञ्चार सेवालाई गुणस्तर र सर्वसुलभ बनाउने तथा इन्टरनेट सेवाको शुल्क घटाउने उल्लेख छ ।

यसैगरी, सुरक्षण मुद्रण र मुद्रण विभागलाई एकापसमा गाभेर क्षमता अभिवृदि गरिने उहाँले बताउनुभयो । सरकारले पत्रकार दुर्घटना बीमा र लोक कल्याणकारी विज्ञापन कार्यक्रमलाई निरन्तरता दिनाका साथै उक्त सेवा अनलाइन सञ्चारमाध्यमलाई समेत प्रदान गर्ने बजेटमार्फत जनाइएको छ ।

बजेटमा रेडियो नेपाल र नेपाल टेलिभिजनको सेवालाई शतप्रतिशत भूभागमा पु¥याउने, दोलखाको चलचित्र सिटीलाई सार्वजनिक निजी अवधारणामा अगाडि बढाउनेलगायत व्यवस्थाहरु उल्लेख छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु आठ अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।