१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची



अ+ अ-

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। बैठक बिहान ११ बजे बस्ने भएको हो । 

संघीय संसद सचिवालयले दिएको जानकारी अनुसार आजको बैठकबाट प्रतिस्थापन विधेयक पास गर्ने तयारी गरिएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधबीच नै प्रतिस्थापन विधेयक पास गर्ने तयारी रहेको स्रोतको भनाइ छ। 

एमालेले केही समयदेखि निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ। विरोधबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो। संसदमा देखिएको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली उक्त बैठकमा सहभागी भएका थिएनन्।

प्रमुख प्रतिपक्षी दलसँग संवाद गरेरै अगाडि बढ्न कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पटकपटक एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरे पनि निकास निस्किएको छैन।

एमालेले सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ। कारबाही गरेका सांसदको सूची टाँस नगरेको र पार्टी फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख सापकोटामाथि लगाइरहेको छ।