१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची



अ+ अ-

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। बैठक बिहान ११ बजे बस्ने भएको हो । 

संघीय संसद सचिवालयले दिएको जानकारी अनुसार आजको बैठकबाट प्रतिस्थापन विधेयक पास गर्ने तयारी गरिएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधबीच नै प्रतिस्थापन विधेयक पास गर्ने तयारी रहेको स्रोतको भनाइ छ। 

एमालेले केही समयदेखि निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेको छ। विरोधबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो। संसदमा देखिएको गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली उक्त बैठकमा सहभागी भएका थिएनन्।

प्रमुख प्रतिपक्षी दलसँग संवाद गरेरै अगाडि बढ्न कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पटकपटक एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरे पनि निकास निस्किएको छैन।

एमालेले सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ। कारबाही गरेका सांसदको सूची टाँस नगरेको र पार्टी फुटाउन भूमिका खेलेको आरोप एमालेले सभामुख सापकोटामाथि लगाइरहेको छ।