१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर आजदेखि ११ दिनसम्म कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाईने



अ+ अ-

काठमाडौं । देशभर आजदेखि ११ दिनसम्म कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाईने भएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई पनि खोप दिइने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै दश हिमाली जिल्लाहरु ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिकालाई पनि खोप लगाउन सुरु गरिएको छ । बाँकी ५८ जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

त्यसबाहेक यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कार्तिक ४ देखि १४ गतेसम्म भने दोस्रो डोज दिईने भएको छ ।