१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी शाहद्वारा जानकी मन्दिरमा विशेष पूजा सम्पन्न



अ+ अ-

जनकपुर । पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरधाममा रहेको जानकी मन्दिरमा आइतबार बेलुका विशेष पूजा गर्नु भएको छ। 

सोमबार जनकपुरमा हुने हिमानी ट्रष्टको कार्यक्रमका लागि हिमानी जनकपुर आउनु भएको हो । 

हिमानी ट्रष्टले सोमबार जनकपुरधामको कन्या माविमा खानेपानी सम्बन्धी सामग्री वितरणका लागि कार्यक्रमको आयोजना गरेको छ ।

उहाँ जनकपुर आउने वित्तिकै जानकी मन्दिरमा पूजा गर्नुभएको हो । उहाँलाई भेट्न स्थानियवासीको मन्दिर मै भिड लागेको थियो ।