१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका छिर्न खोज्ने पाँच दर्जन नेपाली जर्मनीमा पक्राउ परेपछि…



अ+ अ-

काठमाडौं । अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली जर्मनीमा पक्राउ परेका छन् । 

उनीहरु गैरकानूनीरुपमा मेक्सिको, मस्को र दुबई हुँदै अमेरिका जान लाग्दा जर्मनीको फ्रयांकफर्ट विमानस्थलबाट पक्राउ परेका हुन् ।

मेक्सिकोबाट डिपोर्ट भएकालाई मस्को फिर्ता पठाउने तयारी जर्मनी प्रहरीले गरेको जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ । 

पक्राउ परेका नेपालीले अमेरिका छिर्नका लागि जनही ३८ लाख रुपैयाँ तिरेको बताएका छन् । 

जर्मनीको सुरक्षा निकायले १८ जना आफूहरुको नियन्त्रणमा रहेको जनाएको छ ।  

पक्राउ परेका ६ जनासँग जापानको नक्कली भिसा भएको पाइएपछि शंका लागेर अन्यलाई पनि पक्राउ गरिएको बताइएको छ ।