२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएल: कोलकताले बैंगलोरसँग प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा आज (सोमबार) कोलकाता नाइट राइडर्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दैछन् । 

दुबईको शेख जायद स्टेडियममा दुबै टिमबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । 

आजको खेलमा दुबै टोली जित निकाल्ने योजनाका साथ मैदानमा उत्रनेछन् । 

बैंगलोर ७ खेलमा ५ जितसहित १० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । 

यता कोलकता भने ७ खेलमा २ मात्र जित निकाल्दै ४ अंकसहित चौंथो स्थानमा छ । 

कोरोना महामारीका कारण स्थगित रहेको आइपिएल हिजो (आइतबार)बाट पुनः सुरु भएको हो । 

आइतबार भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको थियो ।