१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बसेको हो ।

बैठकमा पार्टीको विधान महाधिवेशनको लागि प्रस्तावित ७० वर्षे उमेर हदसम्बन्धी बुँदा पारित गर्ने तयारी एमालेको छ । 

एमालेका सबै नेताहरुको सहमतिमै उक्त बुँदा प्रस्ताव गरिएपछि उक्त बुँदा सर्वसम्मतिले पारित गर्न लागेको हो । 

स्थायी कमिटीबाट पारित भएपछि उक्त प्रस्तावलाई आगामी साता हुने पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ । 

हिजो आइतबार बसेको बैठकमा यही असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरू अमृत बोहरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुसाल र युवराज ज्ञवालीले विचार राखेका थिए ।