७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

थप ४२ हजार ८५७ नागरिकमा आधारभूत खानेपानीको पुहँचमा

थप ४२ हजार ८५७ नागरिकमा आधारभूत खानेपानीको पुहँचमा
अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षमा थप ४२ हजार ८५७ नागरिक आधारभूत खानेपानीको पुहँच पुगेका छन् । गत आवको सुरुमा ९३ दशमलव २१ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुगेका र हाल ९३ दशमवल ३५ प्रतिशतमा पुगेको सरकारद्वारा शनिबार सार्वजनिक भएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

हाल देशभरमा २४ दशमलव ८२ प्रतिशत नागरिकमा उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच पुगेको छ । गत आवको अन्त्यसम्ममा २४ दशमलव ६५ प्रतिशतमा उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच पुगेको थियो ।

गत फागुनसम्ममा विभिन्न खानेपानी तथा सरसफाइ कार्यक्रम र आयोजनाबाट ९२ हजार ५०५ जना खानेपानी तथा सरसफाइ सेवाबाट लाभन्वित भएका छन् । ‘एक घर एक शौचालय’को अवधारणाअनुसार शतप्रतिशत नागरिकमा खानेपानीको पहुँच पुगेको छ ।

हालसम्म ३८२ पालिकाका ११ हजार ४२५ खानेपानी प्रणालीको तथ्याङ्क सङ्कलन गरिएको छ । यसमा प्रणालीको संरचनागत अवस्था, खानेपानीको पहुँच नपुगेका समुदाय, सरसफाइको अवस्था, विद्यालयको खानेपानी तथा सरसफाइको अवस्थाको पहिचान भएको छ । खानेपानीसम्बन्धी विकास आयोजनाका आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा दक्ष तथा अदक्ष गरी झण्डै २० हजारले रोजगारी पाएका छन् ।

मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत भइरहेको बताइएको छ । जलवायू अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत गोर्खा–दरौदी, हर्रे–टुनिबोटे डुँडेखोला वृहत पम्पिङ तथा आङ्ना मौवा सम्पन्न भएर थप २५ हजार ९८९ व्यक्ति मध्यमस्तरको खानेपानीबाट लाभन्वित भएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत नारायणी सहलगानी खानेपानी आयोजना, नवलपुर तथा भरतपुर सहलगानी आयोजना, दाङ आयोजना सम्पन्न भएर थप १३ हजार ६१२ जनसङ्ख्यालाई उच्चस्तरको पानी उपलब्ध गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गतका १० पोखरीमध्ये चालू आवमा बाँकी एउटा पनि सम्पन्न भएको छ । सो आयोजनामा ७७ किमी थोक वितरण प्रणाली सम्पन्न भएको छ भने एक हजार १० किमी वितरण सञ्जाल सुधारमध्ये एक हजार किमी सम्पन्न भएको छ ।

गुह्ेश्वरी ढल प्रशोधन केन्द्रबाट ३२ दशमलव चार मिलियन लिटर प्रतिदिन पानी प्रशोधित भएर बागमतीमा प्रवाह भइरहेको छ । वर्षात्को पानी सङ्कलन गर्ने कार्यक्रममा थप १६ स्थानमा वर्षात्को पानी सङ्कलन प्रविधि जडान भएर चार हजार आठ सय जनसङ्ख्या लाभन्वित भएको छ । चालू आवमा वाटर एटिएम थप छ स्थानमा जडान भएको तथ्याङ्क छ ।