२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ४२ हजार ८५७ नागरिकमा आधारभूत खानेपानीको पुहँचमा



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षमा थप ४२ हजार ८५७ नागरिक आधारभूत खानेपानीको पुहँच पुगेका छन् । गत आवको सुरुमा ९३ दशमलव २१ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुगेका र हाल ९३ दशमवल ३५ प्रतिशतमा पुगेको सरकारद्वारा शनिबार सार्वजनिक भएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

हाल देशभरमा २४ दशमलव ८२ प्रतिशत नागरिकमा उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच पुगेको छ । गत आवको अन्त्यसम्ममा २४ दशमलव ६५ प्रतिशतमा उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच पुगेको थियो ।

गत फागुनसम्ममा विभिन्न खानेपानी तथा सरसफाइ कार्यक्रम र आयोजनाबाट ९२ हजार ५०५ जना खानेपानी तथा सरसफाइ सेवाबाट लाभन्वित भएका छन् । ‘एक घर एक शौचालय’को अवधारणाअनुसार शतप्रतिशत नागरिकमा खानेपानीको पहुँच पुगेको छ ।

हालसम्म ३८२ पालिकाका ११ हजार ४२५ खानेपानी प्रणालीको तथ्याङ्क सङ्कलन गरिएको छ । यसमा प्रणालीको संरचनागत अवस्था, खानेपानीको पहुँच नपुगेका समुदाय, सरसफाइको अवस्था, विद्यालयको खानेपानी तथा सरसफाइको अवस्थाको पहिचान भएको छ । खानेपानीसम्बन्धी विकास आयोजनाका आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा दक्ष तथा अदक्ष गरी झण्डै २० हजारले रोजगारी पाएका छन् ।

मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत भइरहेको बताइएको छ । जलवायू अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत गोर्खा–दरौदी, हर्रे–टुनिबोटे डुँडेखोला वृहत पम्पिङ तथा आङ्ना मौवा सम्पन्न भएर थप २५ हजार ९८९ व्यक्ति मध्यमस्तरको खानेपानीबाट लाभन्वित भएका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत नारायणी सहलगानी खानेपानी आयोजना, नवलपुर तथा भरतपुर सहलगानी आयोजना, दाङ आयोजना सम्पन्न भएर थप १३ हजार ६१२ जनसङ्ख्यालाई उच्चस्तरको पानी उपलब्ध गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गतका १० पोखरीमध्ये चालू आवमा बाँकी एउटा पनि सम्पन्न भएको छ । सो आयोजनामा ७७ किमी थोक वितरण प्रणाली सम्पन्न भएको छ भने एक हजार १० किमी वितरण सञ्जाल सुधारमध्ये एक हजार किमी सम्पन्न भएको छ ।

गुह्ेश्वरी ढल प्रशोधन केन्द्रबाट ३२ दशमलव चार मिलियन लिटर प्रतिदिन पानी प्रशोधित भएर बागमतीमा प्रवाह भइरहेको छ । वर्षात्को पानी सङ्कलन गर्ने कार्यक्रममा थप १६ स्थानमा वर्षात्को पानी सङ्कलन प्रविधि जडान भएर चार हजार आठ सय जनसङ्ख्या लाभन्वित भएको छ । चालू आवमा वाटर एटिएम थप छ स्थानमा जडान भएको तथ्याङ्क छ ।