१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल चोर्ने  पक्राउ



अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दोलखा कालिञ्चोक नगरपालिका–६ का २४ वर्षीय तेजबहादुर खड्कालाई काठमाडौँको गोकर्णेश्वरबाट आज पक्राउ गरेको हो । 

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले मकवानपुरका किरण वाइबाको ललितपुरको खुमलटारमा पार्किङ गरेर राखेको बा५६प ४५४४ नम्बरको पहेँलो रङ्गको स्कुटरसहित खड्कालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

प्रहरीले थप अनुसन्धानका क्रममा पक्राउ परेका खड्काले चोरी गरेको प्रदेश ३–०२–०१०प ७४४ नम्बरप्लेट भएको २२० सिसीको पल्सर मोटरसाइकलसमेत फेला परेको छ । उक्त मोटरसाइकल काठमाडौँको काँडाघारीबाट चोरी गरेको खड्काले स्वीकार गरेको महाशाखाले जनाएको छ । (रासस)