१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलका मेयर कुटिएको क्षेत्रमा फेरि पहिरो, दुई दर्जन घरहरु क्षति



अ+ अ-

रूपन्देही । बुटवल उपमहानगरका मेयर शिवराज सुवेदी कुटिएको लक्ष्मी नगर र ज्योतिनगर क्षेत्रमा आज फेरी पहिरो खसेको छ । पहिरोका कारण सो क्षेत्रका करिब दुई दर्जन घरलाई क्षति पुर्याएको छ । 

भदौमा अविरल वर्षापछि खसेको पहिरोका कारण बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।

आइतबार रातिदेखिको लगातार वर्षाका कारण चुरेबाट पहिरो खसेको हो । पहिरोका कारण यति लामो समय आफूहरु विस्थापित हुँदा मेयर कहाँ थिए भनेर आक्रोश पोख्दै ति स्थानीय युवाले मेयर सुवेदीमाथी मुक्का प्रहार गरेका थिए ।