१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछः प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले चाँडै पूर्णता पाउने बताउनुभएको छ । 

सोमबार प्रतिनिधि सभा बैठकमा भाग लिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । उहाँले छोटो प्रतिक्रिया दिँदै भन्नुभयो ,‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ ।’

कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको दुई महिना बितिसकेको छ । उहाँले अहिलेसम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर आलोचना खेप्दै आउनुभएको छ ।