२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

कृषि बिमाबाट कृषक लाभान्वित

कृषि बिमाबाट कृषक लाभान्वित
अ अ+ अ-

लमजुङ । यहाँका १८ कृषक कृषि बिमाबाट लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७७/२०७८ मा लमजुङमा सो सङ्ख्यामा कृषक तथा कृषिफार्म बिमाबाट लाभान्वित भएका हुन् । व्यावसायिकरुपमा कृषि पेशामा अघि बढेका कृषक तथा फार्म गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको बिमा राहतबाट लाभान्वित भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । 

केन्द्रका अनुसार जिल्लामा मौरी, गोलभेँडा, अलैँची, कफी, आलु एवं कागतीको व्यावसायिक खेती गर्दै आएका कृषक बिमा राहतबाट लाभान्वित भएका छन् । प्रदेश सरकारले गत आर्थिक वर्षमा व्यावसायिक कृषि गर्दै आएका कृषकका लागि कृषि बिमा कार्यक्रममा विशेष राहत प्याकेजसमेत ल्याएको थियो । कोरोना सङ्क्रमणको जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण कृषक समस्यामा परेको भन्दै उक्त वर्गलाई लक्षित गर्दै प्रदेश सरकारले राहत प्याकेज ल्याएको छ ।  

सरकारले व्यावसायिक कृषि उत्पादन गर्दै आएका कृषकलाई कृषि बिमा प्रिमियममा २५ प्रतिशत छुटसहितको राहत प्याकेज ल्याएको थियो । कृषि बिमाको प्रिमियममा यसअघि बिमा रकमको ७५ प्रतिशत रकम सङ्घ सरकारले तिर्ने गरेको थियो । हाल प्रदेश सरकारले बाँकी २५ प्रतिशत रकम तिरेपछि कृषकले निःशुल्क कृषि बिमा गरेको कृषिज्ञान केन्द्रका अर्थविज्ञ तथा सूचना अधिकारी मदन रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको विशेष राहत प्रिमियममा २५ प्रतिशत अनुदान विशेष कार्यक्रमअन्तर्गत जिल्लामा एक लाख ५२ हजार रुपैयाँ खर्च भएको छ ।” जिल्लामा अलैँची खेती गरेर बिमा गराएका छ वटा फार्मका लागि प्रदेश सरकारको २५ प्रतिशत प्रिमियमअन्तर्गत ७२ हजार रुपैयाँ भुक्तानी गरेको छ । 

सोहीबमोजिम गोलभेँडा खेती गर्दै आएका चार फार्मका लागि ३२ हजार, कफी खेती गर्दै आएका तीन फार्मका लागि २४ हजार, मौरीपालन गर्दै आएका तीन कृषकका लागि १६ हजार रुपैयाँ, व्यावसायिकरुपमा आलु उत्पादन गर्दै आएका एक कृषकका लागि छ हजार रुपैयाँ र व्यावसायिकरुपमा कागती उत्पादन गर्दै आएको एक फार्मका लागि दुई हजार रुपैयाँ भुक्तानी गरेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । 
    
सरकारले निःशुल्क कृषि बिमा गर्न थालेपछि पछिल्लो समयमा युवापुस्तासमेत कृषि पेशामा आकर्षित हुन थालेका छन् । कृषि ज्ञान केन्द्र लमजुङको ७२ प्रतिशत वित्तीय प्रगति भएको छ । आर्थिक वर्ष २०७७/२०७८ मा गरेको योजना तथा कार्यक्रम गरी ७२ प्रतिशत वित्तीय प्रगति भएको केन्द्रका अर्थविज्ञ  तथा सूचना अधिकारी रेग्मीले बताउनुभयो । 

उहाँले अघिल्लो आर्थिक वर्ष कार्यालयमा कार्यक्रम तथा योजनाका लागि ११ करोड १६ लाख ४७ हजार रुपैयाँ बजेट आएको बताउनुभयो । उक्त बजेटमध्ये आठ करोड २९ लाख तीन हजार रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७६/७७ मा भन्दा धेरै प्रगति भए तापनि कार्यालयको लक्ष्यअनुसार वित्तीय प्रगति भने हुन नसकेको उहाँको भनाइ छ । विशेष गरी तलब भत्ता र लकडाउनले गर्दा पनि कार्यालयका आवश्यक कार्यक्रम सञ्चालन गर्न नसक्दा वित्तीय प्रगतिमा कमी भएको उक्त कार्यालयले जनाएको छ ।  

कार्यालयका अनुसार गत आवमा ५६ वटा कार्यक्रममध्ये ४५ वटा कार्यक्रम सम्पन्न भएको छ भने ११ वटा कार्यक्रम हुन सकेन । साना सिँचाइ, साना व्यावसायिक फर्म स्थापना तथा विस्तार, रैथाने बाली प्रवद्र्धन, ग्रामीण क्षेत्रमा घर बगैँचा स्थापना, आलुखेती विशेष प्रवद्र्धन कार्यक्रम लगायतका कार्यक्रम सम्पन्न भएको छ । 

कृषि ज्ञान केन्द्र लमजुङद्वारा यहाँका कृषकलाई साँढे पाँच करोड रुपैयाँ अनुदान दिइएको छ । केन्द्रले कृषकलाई आव २०७७/७८ मा पाँच करोड ५८ लाख २२ हजार रुपैयाँ बराबरको अनुदान दिएको हो । 
    
केन्द्रका कृषि अर्थविज्ञ रेग्मीका अनुसार कृषकलाई कृषि क्षेत्रमा आकर्षित गर्दै, कृषि पेशाबाट आत्मनिर्भरता बनाउनका लागि विभिन्न शीर्षकमा अनुदान दिएको हो । अनुदान दिएकामध्ये सबैभन्दा धेरै अनुदान बेँसीशहर नगरपालिकाका कृषकलाई दिइएको छ । बेँसीशहर नगरपालिकालाई एक करोड छ लाख ७४ हजार बराबरको अनुदान दिएको छ । यस अनुदानबाट यहाँका २७६ कृषक परिवार लाभान्वित भएका छन् ।
 
त्यस्तै सुन्दरबजार नगरपालिकामा एक करोड ३० लाख तीन हजार बराबरको अनुदान दिएकामा ३०२ परिवार लाभान्वित भएका छन् । मध्यनेपाल नगरपालिकामा एक करोड १६ लाख ४६ हजार बराबरको अनुदानमा २६५ कृषक परिवार लाभान्वित भएका छन् भने राइनास नगरपालिकामा ७० लाख आठ हजार बराबरको अनुदानबाट २८३ घरपरिवार लाभान्वित भएका छन् । 

क्व्होलोसोथर गाउँपालिकामा २२ लाख २४ हजार अनुदानबाट यहाँका २०४ परिवार लाभान्वित भएका छन् भने दूधपोखरी गाउँपालिकामा ३० लाख ३६ हजार अनुदानबाट २०५ कृषक परिवार लाभान्वित भएका छन् । त्यस्तै मस्र्याङ्दी गाउँपालिकामा ७७ लाख ८७ हजार अनुदानबाट २७८ परिवार लाभान्वित भएका छन् । दोर्दी गाउँपालिकामा ४३ लाख ७२ हजार अनुदानबाट २७५ परिवार लाभान्वित भएको उक्त कार्यालयले जनाएको छ । (रासस)