• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

राष्ट्रपति भण्डारीद्वारा ८१८ बन्दीको कैद मिनाहा



काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका विभिन्न ८१८ जना बन्दीको कैद मिनाहा गर्नु भएको छ ।

गणतन्त्र दिवस, २०७९ को अवसरमा नेपाल सरकारले गरेको सिफारिस बमोजिम ती कैदी बन्दीको बाँकी कैद मिनाहा भएको हो ।

सर्वोच्च अदालतको आदेशहरु समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका तथा असल चाल चलन भएका कैदीबन्दीलाई राष्ट्रिय पर्वका अवसरमा कैद मिनाहा गर्ने प्रचलन रहिआएको छ ।

यसैगरी मन्त्रिपरिषदको यही जेठ १३ गतेको बैठकको सिफारिस बमोजिम उमाकान्त पराजुली समेतका १६ जना कैदीबन्दीको कैद समेत मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।