९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीद्वारा ८१८ बन्दीको कैद मिनाहा



अ+ अ-

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका विभिन्न ८१८ जना बन्दीको कैद मिनाहा गर्नु भएको छ ।

गणतन्त्र दिवस, २०७९ को अवसरमा नेपाल सरकारले गरेको सिफारिस बमोजिम ती कैदी बन्दीको बाँकी कैद मिनाहा भएको हो ।

सर्वोच्च अदालतको आदेशहरु समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका तथा असल चाल चलन भएका कैदीबन्दीलाई राष्ट्रिय पर्वका अवसरमा कैद मिनाहा गर्ने प्रचलन रहिआएको छ ।

यसैगरी मन्त्रिपरिषदको यही जेठ १३ गतेको बैठकको सिफारिस बमोजिम उमाकान्त पराजुली समेतका १६ जना कैदीबन्दीको कैद समेत मिनाहा भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।