२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

नेपाली जनतालाई हामीलाई माओवादी होइन खाओवादी भन्न थाले : प्रचण्ड

नेपाली जनतालाई हामीलाई  माओवादी होइन खाओवादी भन्न थाले : प्रचण्ड
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई आफूहरूलाई खाओवादी भन्न थालेको बताएका छन्। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले जनताले माओवादी नभइ खाओवादी भन्न थालेको बताएका हुन् । 

“हामीलाई माओवादी होइन कोही–कोहीले खाओवादी भन्छन्, अध्यक्ष प्रचण्डले भने।”

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले ‘जनयुद्ध’ र क्रान्तिकारी भन्ने कुरा लोगोमा सीमित भएको उल्लेख गरे।  न्यायको लागि लड्ने योद्धा भनेर चिनिनु पर्नेमा माओवादी भन्ने नाम विज्ञापन जस्तो मात्रै भएको उनको भनाइ छ।

दाहालले अहिलेकै जस्तो माओवादी मुलुकलाई आवश्यक नभएको बताए। “मैले भन्ने गरेको छु, यही स्थिति रह्यो भने त यो पार्टी नभए पनि के भयो र ?”उनले भने, “जनतालाई जालझेल, ठगठाग गरेर पार्टी बनाउनु भन्दा त त्यस्तो पार्टी नहुनु बरु राम्रो हो।” 

यस्तै अध्यक्ष प्रचण्डले एजेन्डा, क्रान्तिकारी विरासत र मुद्दाहरू माओवादीसँग मात्रै रहेको बताएका छन्। यो घमन्ड र अहंकारको कुरा नभएको उनको भनाइ थियो।

‘केपी ओलीले जनताको सार्वभौम प्रतिनिधि सभालाई निर्ममतापूर्वक विघटन गरेकै हो। अहिले पनि उनले भन्छन्- पार्टीभित्र मलाई काम गर्न दिएनन्, झगडा गरे त्यसो भएर विघटन गरेको। पार्टीभित्रको झगडाले जनताको प्रतिनिधि सभा विघटन गर्न पाइन्छ ?’ उनले भने, ‘मनपरी आफू गर्ने ? पार्टीभित्र बहुमत अर्कोतिर भएपछि उनले छोड्न पर्दैनथ्यो ?’

ओलीले अहिले नैतिकताको कुरा गर्दै हिँडेको पनि उनले बताएका छन्। ‘अहिले उनले नैतिकताको कुरा गर्ने ? मलाई त यति जलन भएको छ नि यस्ता मान्छे, पाखण्डी, डब्बल डिलर, ठगहरू चाहिँ अझै मान्छेलाई ताली पिटाउँदै हिँडिराखेका देखिन्छन्। यो ताली पिट्ने देखेर पनि हैरान हुन्छु म,’ प्रचण्डले भने।

उनले जनताको साथ लिन आफूहरू अगाडि बढेको बताए। ‘गठबन्धन पनि बनायौं हामीले जित्यौं,’ उनले भने, ‘तपाईं, हामी एक भएपछि कसैको केही लाग्दैन।’