२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

पर्शुराम राई स्मृति प्रतिष्ठानद्वारा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण

पर्शुराम राई स्मृति प्रतिष्ठानद्वारा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण
अ अ+ अ-

खोटाङ । पर्शुराम राई स्मृति प्रतिष्ठानले जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालित विद्यालयलाई स्वास्थ्य तथा खेलकुद सामग्री वितरण अभियान सुरु गरेको छ । प्रतिष्ठानले कोभिड–१९ को महामारीले बन्द भएका विद्यालय सञ्चालनमा आएसँगै कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न स्वास्थ्य सामग्री र बालबालिकालाई विद्यालय जान प्रेरित गर्न खेलकुद सामग्री वितरण अभियान सुरु गरेको हो ।

प्रतिष्ठानको पहल तथा ग्रिन भिलेज हाउजिङ प्रालि काठमाडौँ र अभिनेत्री मनिषा कोइरालाको एनसिभी नेपाल संस्थाको सहयोगमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण अभियान सुरु गरिएको प्रतिष्ठानका संरक्षक रविन चाम्लिङले बताउनुभयो । “सुरुवातमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित २२ वटा माविमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गरिनेछ”, उहाँले भन्नुभयो, “नगरपालिकाभित्रका विद्यालय सकेपछि क्रमशः जिल्लाका सबै मावि तथा सामुदायिक र संस्थागत विद्यालयमा स्वास्थ्य तथा खेलकुद सामग्री वितरण गर्ने योजना बनाएका छौँ ।”

प्रतिष्ठानले सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सातवटा मावि र छ आधारभूत विद्यालयलाई स्वास्थ्य तथा खेलकुदका सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा अक्षकोषका लागि रु ५० हजार सहयोग गर्नुका साथै एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तिर्ण गर्ने दुई छात्र÷छात्रालाई उच्च शिक्षा अध्ययनका लागि व्यवस्था मिलाउनेसमेत घोषणा गरेको स्थानीयवासी एवं नेकपा (एमाले)का नेता मिलन राईले जानकारी दिनुभयो । 

प्रतिष्ठानले यसअघि आइतबार दिक्तेल बजारमा सञ्चालित सरस्वती मावि दिक्तेलमा औपचारिक कार्यक्रम गरी ११ वटा माविलाई स्वास्थ्य तथा खेलकुदका सामग्री वितरण गरेको थियो । काठमाडौँमा सञ्चालित प्रतिष्ठानले जिल्लामा स्वास्थ्य तथा खेलकुदका सामग्री ल्याएर शनिबार नेर्पाको कालिका माविमा औपचारिक कार्यक्रम गरी उक्त अभियानको सुरुआत गरेको हो ।

प्रतिष्ठानले नेर्पाका छवटा माविलाई १० हजार मास्क, पाँच लिटरको २४ जार स्यानिटाइजर र प्रत्येक विद्यालयलाई भलिबल र नेट (जाली) एक/एक थान, सानो भलिबल दुई/दुईवटा र तीन/तीनवटा फोहर सङ्कलन गर्ने डस्टबिन (भाँडा) वितरण गरेको छ । एकमुस्ट हस्तान्तरण गरिएको मास्क र स्यानिटाइजर भने विद्यालयले विद्यार्थी सङ्ख्याका आधारमा वितरण गर्ने जनाइएको छ ।

नेर्पाको हकमा जनता आधारभूत विद्यालय, रामपुर प्रावि, जनजाग्रति प्रावि, निरौले प्रावि, नेर्पा प्रावि र साकेला प्राविलाई पनि सानो भलिबल दुई/दुईवटा, टिटी ब्याट/बल दुई/दुईवटा, पम्म एक/एकवटा र डस्टबिन तीन/तीनवटा वितरण गरेको छ । यस्तै प्रतिष्ठानले नेर्पाका सात वृद्धवृद्धालाई सम्मानसमेत गरेको छ । स्वास्थ्य तथा खेलकुद सामग्री वितरण कार्यक्रमको अवसरमा नेर्पाका धनप्रसाद पराजुली, कुमारीकृष्ण राई, रामबहादुर राई, कमला गुरुङ, वृषबहादुर दाहाल, पत्थरबहादुर राई र अर्जधन राईलाई घङ्गरुको लट्ठीसहित सम्मान गरेका हो ।

यसैबीच प्रतिष्ठानका सल्लाहकार श्रेष्ठले कालिका माबिमा अक्षय कोष स्थापनाका लागि प्रअ बेदीकुमार राईलाई रु ५० हजारको चेक हस्तान्तरण गर्नुभएको छ । कालिका माविबाट एसइईमा उत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रालाई वार्षिक ब्याजबाट पुरस्कृत गर्ने व्यवस्थाका लागि श्रेष्ठले अक्षय कोष स्थापनार्थ सहयोग गर्नुभएको हो । जिल्लाका चर्चित नेता एवं सांसद स्व पर्शुराम राईको स्मृतिमा उहाँका छोराछोरीले प्रतिष्ठान स्थापना गरेको हो ।