२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण

जिससमार्फत पालिकामा रु ४१ करोडको काम

जिससमार्फत पालिकामा रु ४१ करोडको काम
अ अ+ अ-

चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनमार्फत जिल्लाका सात पालिकामा रु ४१ करोड बढीका काम सम्पन्न भएका छन् । समितिको मौज्दात कोषबाट रु ४१ करोड १९ लाख रकम विनियोजन गरी काम गरिएको हो ।

जिससले सबैभन्दा बढी रकम भरतपुर महानगरपालिकाका योजनामा खर्च गरेको छ । उक्त रकम पालिकामा प्रशासनिक भवन, वडा कार्यालय, विद्यालय भवन, स्वास्थ्य संस्था, खानेपानीलगायतमा खर्च गरिएको छ । 

जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार भरतपुर महानगरपालिकामा प्रशासनिक भवनका लागि रु एक करोड १० लाख, ११ वटा वडा कार्यालयका लागि रु चार करोड १३ लाख, ४५ वटा विद्यालय भवनका लागि रु तीन करोड ९९ लाख, तीन स्वास्थ्य संस्थाका लागि रु २३ लाख, छ खानेपानी आयोजनाका लागि रु २० लाख र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु ६० लाख गरी रु १० करोड २५ लाख खर्च गरिएको छ ।

जिससले खैरहनी नगरपालिकाका विभिन्न योजनामा रु छ करोड चार लाख खर्च गरेको छ । खैरहनीमा प्रशासनिक भवनका लागि रु एक करोड ६० लाख, छ वडा कार्यालयका लागि रु दुई करोड ५५ लाख, नौ विद्यालय भवनका लागि रु एक करोड ४९ लाख, तीन खानेपानी योजनाका लागि रु ४० लाख खर्च गरिएको डल्लाकोटीले जानकारी दिए ।
 
यस्तै रत्ननगर नगरपालिकाका विभिन्न आयोजनामा रु पाँच करोड ७८ लाख जिससले खर्च गरेको छ । प्रशासनिक भवनमा रु २० लाख, १२ वडा कार्यालयका लागि रु दुई करोड ७२ लाख, ११ विद्यालय भवनमा रु एक करोड २६ लाख, तीन स्वास्थ्य संस्थामा रु एक करोड २५ लाख र दुई खानेपानी आयोजनामा रु ३५ लाख बजेट खर्च भएको छ ।
 
राप्ती नगरपालिकामा रु पाँच करोड २८ लाख बराबरका योजना सम्पन्न भएका छन् । जसमध्ये प्रशासनिक भवनमा रु दुई करोड ५० लाख, पाँच वडा कार्यालयमा रु एक करोड २२ लाख, आठ विद्यालय भवनमा रु ७६ लाख, दुई स्वास्थ्य संस्थामा रु २० लाख, पाँचवटा खानेपानी आयोजना रु ६० लाख खर्च भएको उनले जानकारी दिए ।
 
कालिका नगरपालिकामा प्रशासनिक भवनमा रु दुई करोड, आठ वडा कार्यालयमा रु तीन करोड पाँच लाख, चारवटा विद्यालय भवनमा रु १७ लाख, एउटा स्वास्थ्य संस्थामा रु १५ लाख, एउटा खानेपानी आयोजनामा रु आठ लाख जिससले खर्च गरेको छ । सो नगरपालिकामा सबै योजनामा गरी रु पाँच करोड ४५ लाख बजेट खर्च भएको छ ।
 
माडी नगरपालिकामा रु चार करोड १४ लाख बराबरका योजना सम्पन्न भएका छन् । जसमध्ये प्रशासनिक भवनका लागि रु एक करोड ५० लाख, तीन वडा कार्यालयका लागि रु ९५ लाख, आठ विद्यालय भवनका लागि रु ९९ लाख, दुई स्वास्थ्य संस्थाका लागि रु ३५ लाख र दुुई खानेपानी आयोजनाका लागि रु ३५ लाख खर्च भएको छ ।

जिससले जिल्लाको एउटा मात्रै गाउँपालिका इच्छाकामनामा विभिन्न आयोजनामा रु चार करोड २५ लाख खर्च गरेको छ । जसमध्ये प्रशासनिक भवनमा रु एक करोड ४० लाख, चारवटा वडा कार्यालय रु एक करोड २० लाख, ११ वटा विद्यालय भवनमा रु ७५ लाख, दुईवटा स्वास्थ्य संस्थामा रु ३० लाख, छ खानेपानी आयोजनामा रु ६० लाख खर्च भएको छ ।

जनप्रतिनिधि आएसँगै यी आयोजनामा जिससले बजेट पठाएको हो । गत वर्षको पुसयता काम भइरहेका आयोजनाको कूल बजेट आउन बाँकी रहेको डल्लाकोटीले बताए । कार्यालयमा वार्षिकरूपमा उठ्ने घरभाडा, पहिले–पहिले आउने मालपोतको राजस्व, नदीजन्य बोलपत्रका रकमलगायतका आन्तरिक आम्दानीबाट सङ्कलित मौज्दात रकम ती आयोजनामा खर्च गरिएको हो ।
 
डल्लाकोटीका अनुसार प्रदेश सरकारबाट प्राप्त रकम विभिन्न कार्यक्रममा खर्च गरिएको छ । यससँगै जिससले उपलब्ध गराएको जग्गामा अत्याधुनिक सिटीहल निर्माण भइरहेको छ । डल्लाकोटीले भने, “म आफू प्रमुख भएपछि जिसस परिसरमा सिटीहल बनाउने अवसर मिल्यो । 

यसलाई राम्रो अवसरका रूपमा हामीले लिएका छौँ ।” भरतपुर महानगरपालिकाले अन्यत्र जग्गा खोजी गर्दा पाउन कठिन भएपछि जिल्लाको गौरवको आयोजना हुने भएकाले जिससले सिटीहल निर्माणका लागि जग्गा दिएको उनको भनाइ छ । सो जग्गामा महानगरको स्वामित्वमा लगेर सिटीहल निर्माणको काम भइरहेको छ ।