५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वामी विज्ञानानन्दद्वारा ‘हिन्दू घोषणापत्र’ सार्वजनिक

काठमाडौँ। हिन्दू धर्मशास्त्रले वर्णन गरेअनुसारका सभ्यता र संस्कृतिका विषय समेटिएको ‘हिन्दू घोषणापत्र’ सार्वजनिक गरिएको छ । हिन्दू आर्थिक मञ्च, नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वामी विज्ञानानन्दले सो घोषणापत्र सार्वजनिक गर्नुभएको हो । उहाँले ‘सय हातले कमाएर हजार हातले बाँड’ भन्नेजस्ता हिन्दू दर्शन ग्रन्थका विषय घोषणापत्रमा समेटिएको जानकारी दिनुभयो ।