© 2023
काठमाडौं । नारायणी अस्पताल वीरगञ्जमा २०७६ चैतमा खरिद गरिएको तर हालसम्म जडान हुन नसकेको क्याथ ल्याब मेसिन जडान अन्तिम चरणमा पुगेको छ। क्याथ ल्याब जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। उपकरण जडान सम्पन्न भएसँगै नारायणी अस्पतालबाट मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।