४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रमदानबाट सडक मर्मत

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका छन् । नागी–राम्चे सडकको थावनगाउँ नजिकै छहरेखण्डमा गत असारको तेस्रो साता पहिरोले भत्काएको सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरी यातायात सञ्चालन गरेका हुन् । राम्चेका बासिन्दा फसबहादुर गर्बुजाले बिहीबार करिब ७५ जनाले श्रमदान गरेर सडक मर्मत गरेका जानकारी दिनुभयो