११ कार्तिक २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल

पाटन, (ललितपुर) । शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव स्वास्थ्य, ऊर्जा भण्डारण, कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा छलफल भएको छ । सम्मेलनको दोस्रो दिन शनिबार ऊर्जा, वातावरण र बायोमेडिकलबारे भएका पछिल्ला अनुसन्धान, अन्वेषणबाट पत्ता लागेका कुरा तथा अनुसन्धानबाट हासिल उपलब्धिको उपयोगिताको सम्भावनाका बारेमा समेत छलफल भएको छ ।