१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हराउँदै गयो खलो पुज्ने र वनभात खाने चलन

गलेश्वर । मङ्सिर मुख्यबाली धान ढुकुटीमा भरिने र भराउने महिना हो । दसैँ र तिहारजस्ता ठूला चाड सकिएपछि किसान बाली भित्र्याउन व्यस्त हुने महिना पनि हो यो । केही वर्षअघिसम्म बाली भित्र्याउने चटारोमा हतारो गरिरहेका किसान जब धान भित्र्याउँथे त्यसपछि भूमे र खलो पूजा गरिसकेपछि वनभात (वनभोज) गएर रमाइलो गर्ने