२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लिपुलेक व्यापार मार्ग सहमति खारेज गर्न राप्रपाको माग

काठमाडौं। भारत र चीनबीच हालै लिपुलेक हुँदै व्यापारिक मार्ग खोल्ने सहमति भएको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कडा आपत्ति जनाएको छ। अध्यक्ष लिङ्देनले नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै दुई देशबीच भएको यो सहमति नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमाथि गम्भीर प्रहार भएको ठहर  गरेका छन्।