© 2023
काठमाडौँ। सुर्तीजन्य पदार्थको लत छुटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालनमा ल्याएको हेल्पलाइन सेवा प्रभावकारी बन्दै गएको छ । हेल्पलाइनमार्फत परामर्श लिएका केही सेवनकर्ता सुर्तीजन्य पदार्थको लत त्याग्न सफल भएका उदाहरण छन् । मन्त्रालयले २०८२ जेठ १८ गते सुर्तीजन्य पदार्थको सेवन त्याग्न चाहनेका लागि ११३२ हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको थियो ।