• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
मुकुल ढकाललाई साधारण सदस्यबाटै निस्कासनको तयारी, अरु एजेन्डा के ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निस्कासनको तयारी गरेको छ । पार्टी कार्यालय वनस्थलीमा आज सुरु हुने केन्द्रीय समिति बैठकले ढकाललाई निस्कासन गर्ने निर्णय गर्न लागेको हो । आजको बैठकबाट ढकालका विषयमा निर्णय हुने एक जना केन्द्रीय सदस्यले बताए ।