© 2023
कर्णाली। रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीका कारण कर्णाली प्रदेशका अझै १६८ व्यक्तिको अवस्था अझै अज्ञात रहेको छ । भोटेकोशी बाढीमा परेर कर्णाली प्रदेशका १० जिल्लाका २४८ जना सम्पर्कविहीन भएकामध्ये ७८ जना सम्पर्कमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो