© 2023
काठमाडौं । इजरायलको आक्रमणमा परेर यमनका प्रधानमन्त्री अहमद गालिब अल–रहावीको मृत्यु भएको छ । यमनका हुथी विद्रोहीहरूले इजरायलको आक्रमणमा प्रधानमन्त्रीको मृत्यु भएको दाबी गरेको हो । गाजा युद्ध सुरु भएपछि यो हुथी विद्रोहीहरूका लागि सबैभन्दा ठूलो क्षति हो । यस अवधिमा वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो ।