© 2023
चितवन । कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ । बिहीबार सबै कैदी–बन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म १२६ कैदीबन्दी फर्किएका छन् । उहाँले भन्नुभयो, “बुधबार बिहान ७४० कैदीबन्दी कारागर फोरेर भागेका थिए ।”