© 2023
काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झालाई छाड्न अस्वीकार गरेको छ । ठगी, लिखत किर्ते, राज्यविरूद्ध र संगठित अपराधमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको झालाई उच्च अदालत पाटनले छाड्न अस्वीकार गरेको हो । यस्तै, पुर्पक्षका लागि थुनामा रहेका प्रतिक थापालाई

भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ परेका छन् ।

जिल्ला अदालत काठमाडौँले शुक्रबार प्रतिकविरुद्ध पक्राउ अनुमति जारी गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला अदालत काठमाडौँबाट प्रहरीले पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी लिएको हो ।