© 2023
काठमाडौँ । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई शुरु भएको छ । बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा श्रीलंकाका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई गरेको हो । सरकारले पूर्णबहादुर नेपाली प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काको लागि नेपालको आवासीय राजदुत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।